८ लाख रुपैयाँ घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ



सुर्खेत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । उनलाई शुक्रबार दिउँसो वीरेन्द्रनगर–७ स्थित कटकुवा स्वास्थ्य चौकी नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अध्यक्ष केसीले सडक निर्माण गरेका उपभोक्ता समितिको बिल पास गराइदिने र यसबापत घुस आफूलाई दिनुपर्ने बताएपछि उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परेको थियो ।

उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले टोली पठाएर उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । अध्यक्ष केसीसँगे जुनीचाँदे गाउँपालिकाकै चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको