फागुनमा प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने



काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने भएको छ । भ्रमण वर्षलाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको हो ।

“काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर महोत्वसको गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए । काठमाडौं आसपासका तत्कालिन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो ।

त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँक्री, धिमे लगायतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले बताए ।

टुँडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फागुन १६ गतेदेखि २० गते (पाँच दिन) सम्म चल्ने महोत्व हरेक दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्मको समय व्यवस्थापन गरिएको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने व्यापार प्रवद्र्धनका लागि १ सय भन्दा बढी स्टलको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक