पुनर्निर्माणमा प्रगतिः ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल



काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पूरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेका ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको जानकारी दिए । उनले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताए । उनले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी दिए।

उनले १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेका समेत जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिए । त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएका र १ सय २३ सम्पादाको काम भइरहेको छ ।

१ हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेका प्राधिकरणले जनाएको छ । त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको छ ।

पुनर्निर्माणमा अहिलेसम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस