संक्रमणकालीन आयोगको सिफारिस समितिमा रहेर काम गर्न मानव अधिकार आयोगको शर्त



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ ।

मानव अधिकार आयोगको मंगलबार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं विश्वसनीयता कायम रहने गरी मात्र सिफारिस समितिमा रहेर काम गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिले दुई आयोगको पदाधिकारी बन्न इच्छुकको नाम सार्वजनिक गरिसकेपछि आयोगले त्यसमा रहेर काम गर्न शर्त राखेको हो ।

दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिमा मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने