दाइजो नदिएको निहुँमा नेपाली चेलीको भारतमा हत्या



विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ ।
कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ

म्याग्दीमा जिप दुर्घटनामा परी चार जनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

कालीगण्डकी करिडोरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बलेवा । बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ