प्रधानसेनापतिद्वारा सहायक सेनानी दर्जामा पदोन्नति अधिकृतलाई दज्र्यानी चिह्न प्रदान



भक्तपुर । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सोमबार आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उनले दज्र्यानी चिह्न प्रदान गरेका हुन् । कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उनले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थसमेत काम गर्दै आएको चर्चा गरे ।

जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ भन्दै उनले पुर्खाहरूको देनले नै नेपाली सेना सङ्गठन स्थापित भएको र यो संस्था व्यावसायिक एवं मर्यादित संस्था भएको बताए ।

उनले भने, “मनमस्तिष्कबाट मुलुक र सङ्गठनप्रति समर्पण भाव राखी काम गर्नु, सङ्गठनको छविलाई सधैँ उँचो बनाइराख्नु, संविधानले दिएको जिम्मेवारीसहित सेनाले विपद्, मुलुकको सङ्कटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधैं बफादार छ ।”

विसं २०७८ भदौ १० गते सुरु भएको तालिमको समापनमा तालिम अवधिमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उनले पुरस्कार प्रदान गरेका थिए । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट भएका थिए । तालिम सेनाका नयाँ अधिकृतहरूले प्रदर्शन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरीक्षण गरेका थिए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन

आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)

पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ

सशस्त्र प्रहरीको एक फौज २४सै घण्टा सीमा गस्तीमा परिचालन

  काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा