एनआरएनए कोरियाको अध्यक्षमा दीपक पुन निर्वाचित



सउल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन् । निकै लामो चुनावी अभियानपश्चात् उनी सर्वसम्मतिमा चयन भएका हुन् ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एवं सदस्यमा डा रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित भएका छन् ।

अध्यक्षलगायतका सम्पूर्ण पदाधिकारी सहमतिले निर्वाचित भए पनि सचिव पदमा तीन जनाको दावी रहेपछि अनलाइन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको थियो । भोटिङमार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मारेकी थिइन् ।

गुरुङसँग प्रतिस्पर्धामा हरिप्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए । निर्वाचित पदाधिकारीलाई आगामी शनिबार अनलाइनमार्फत शपथ ग्रहण गराइने निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन समितिको अन्तिम निर्णयअनुसार सचिव पदबाहेकका आइसिसी सदस्यलगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।