एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन



काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंलगबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रदर्शनकारीले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल, राज्यको कर छल्न पाइँदैन, नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो । डेढ खर्बको एनसेल करिव सात अर्बमा बेचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी

यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन

नेपालगञ्ज  ।  हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन

एकीकृत समाजवादीबाट उपनिर्वाचनका लागि झलनाथ खनाल र गरिमा शाह चुनावी कमाण्डर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत

गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसदको चालु अधिवेशन अन्त्य गरी सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको