एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माघ २१ देखि काठमाडौंमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ ।

बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।

पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ ।

पार्टीद्वारा अन्तर सङ्गठन निर्देशन (असनी)– ३ जारी

पार्टी महासचिव तथा सङ्गठन विभागका प्रमुख भुसालको अध्यक्षतामा गत पुस ६ गते सम्पन्न विभागको बैठकले गरेका विभिन्न निर्णयलाई अन्तर सङ्गठन निर्देशन (असनी)– ३ मार्फत जारी गरेको छ ।

असनीले देशभरका पार्टी कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्देशन गरेको छ । पार्टी तथा सङ्गठनका कमिटी अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने, पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा यही चैत मसान्तभित्र कमिटी गठन गर्न निदेशन जारी गरेको छ ।

असनीअनुसार पार्टीका वडामा आगामी वैशाख १५ भित्र अधिवेशन गर्न तोकिएको छ । पालिका÷विशेष इलाकामा वैशाख मसान्तभित्र, आगामी जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्ने, आगामी कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्नेछ ।

सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका कमिटीलाई तत्काल सम्मेलन÷अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन गरिएको असनीमा आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलन÷अधिवेशन गरिसक्न उल्लेख गरिएको छ ।

आगामी चैत मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनका प्रदेश सम्मेलन÷अधिवेशन गरिसक्न र आगामी जेठ मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका राष्ट्रिय सम्मेलन÷अधिवेशन÷महाधिवेशन गरिसक्न असनीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न