अब हाम्रो ध्यान कांग्रेसलाई ठूलो पार्टी बनाउनेतिर हुनुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आज (सोमबार) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अब कांग्रेसको ध्यान आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनेतिर हुनुपर्नेमा जोड दिए। ‘स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,’ उनले भने, ‘अब भने हाम्रो ध्यान कांग्रेसलाई ठुलो पार्टी बनाउनेतिर हुनुपर्छ।’

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएका कारण कांग्रेस पराजित भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले यसपटक कांग्रेससहितको गठबन्धन कायम रहेकाले स्थानीय तहमाजस्तै राम्रो नतिजा आउने विश्वास उनले व्यक्त गरे।

‘२०७४ सालमा एक्लै चुनाव लड्नुपर्ने अवस्था थियो। गठबन्धनले गर्दा हामी पराजित भयौं। यसपटक गठबन्धनका कारण हामी सरकारमा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन गठबन्धनकै कारण राम्रो भयो।’ उनले गठबन्धन भएपछि सजिलै निर्वाचन जितिन्छ भन्ने भ्रमबाट मुक्त हुन नेताकार्यकर्तालाई आग्रह गरे।

उनले जनताभन्दा ठुलो अरु कोही नहुने नभएकाले सबैले जनभावनाअनुरूप काम गर्नुपर्नेमा जोड दिए।

‘जनताभन्दा ठुलो कोही छैन। जनता यो देशको मालिक हो। त्यसैले सर्वभौमसत्तासम्पन्न जनता भनेको हो। त्यसैले पार्टीका साथीहरुले जनताको दिल जित्नु आवश्यक छ,’ देउवाले भने, ‘यस्तो अवस्थामा मात्र जनताले कांग्रेसलाई साथ दिनेछन्। आउँदा दिनमा जनताको दिल जित्नु छ। साथीहरु सबै यस कार्यमा लाग्न आग्रह गर्दछु।’

जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिए।

उनले टिकट बाँडफाँटमा कसैलाई काखा वा पाखा नगर्नेसमेत विश्वाससमेत व्यक्त गरे। ‘पार्टीका साथीहरूलाई कोहीलाई काखा कोहीलाई पाखा, भेदभाव गर्नेछैन,’ उनले भने, ‘सबैलाई मिलाएर लान्छु।

सरकारले मंसिर ४ गते प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिटका प्रतिस्पर्धा हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।