सेना र प्रहरी पनि हाम्रै पक्षमा छन्ः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई पराजित गर्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

शनिबार लोकतान्त्रिक शेर्पा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई बहुमत दिन दृढ रहेका दाबी गरे ।

एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको उनले जिकिर थियो । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेका दाबी गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिरहेको आरोप लगाए ।

उनले भने,‘पाँच दलीय गठबन्धन नपुगेर अझ कहिले आठ दलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर कुदिरहेका छन् । यो गठबन्धन किन बनाउनु पर्यो ? आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याइहाल्छ अनि सरकार के मिलेर बनाउने र । त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति दृढ संकल्पित छन् । यो काम नेकपा –एमाले)को अगुवाईमा मात्रै हुन सक्दछ ।’ देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो । उनले कांग्रेस लौरो टेकेर पनि अडिन नसकेको भन्दै व्यंग्य गरे ।

उनले भने,‘ विचरा कांग्रेसको माया लाग्छ । हेर्दाहेर्दै कांग्रेस के भइसक्यो भने मान्छे त ठीकै छ ७३, ७५, ७६ मा बुढ्यौली लाग्छ। पार्टी त जवान हुन्छ नि। कांग्रेस के भएको हो लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्याछ, अर्को खोज्याछ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।