कांग्रेस महाधिवेशनको आर्थिक समितिमा १४ सदस्य मनोनयन



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्यहरु मनोनयन गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य गरी १४ जनालाई समितिमा मनोनयन गरेका हुन् ।

पार्टीको कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले सञ्चारमन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी दिएको थियो । मनोनयन हुनेमा सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डे छन् ।

यसैगरी, सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणिराज भण्डारी र पाल्देन गुरुङ मनोनयन भएका छन् । समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्च जुटाउने समितिका सदस्य दीपक खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले

निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री