महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा शनिबार भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो ।

महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ । केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए ।

महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए । महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।