राप्रपाको महाधिवेशन मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ । यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको बिहीबार बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ । अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एकलाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ । सक्रिय सदस्य थप हुनेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन