नेपाललाई हिन्दूराष्ट्र वनाउनबाट कसैले रोक्न सक्दैनः डा. लोहनी



सर्लाही । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राप्रपाले राजसंस्था स्थापना गर्ने बताएका छन् । सोमबार सर्लाहीको मलंगवामा पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले अभिभावकविहीन मुलुकलाई दलहरुे लुटतन्त्र र भ्रष्टाचारको अखाडा वनाएको बताए ।

उनले प्रजातन्त्रको मूल आधार शक्ति शन्तुलन र नियन्त्रणको सिद्धान्तबाट कांग्रेस तथा कम्युनिस्टहरु च्युत भएका कारण प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्थाको आवश्यकता रहेको बताए ।

उनले राजसंस्था हिजोभन्दा आज झन् सान्दर्भिक देखिएको भन्दै नेपाललाई हिन्दूराष्ट्र वनाउनबाट कसैले रोक्न नसक्ने बताए । उनले मधेसवादी दलहरु समेत असफल भएका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्ने बताए ।

अदालतको गाईजात्रा,निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको भन्दै लोहनीले यो व्यवस्था असफलताको लक्षण भएको बताए । अधिवेशनले सत्यनारायण यादवको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रमलाई राप्रपाका नेता राजेन्द्र लिङदेललगायतका नेताहरुले सम्बोधन गरेका थिय।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका