स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले



काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ ।

एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताए ।

एमालेको यही कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ/नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।

एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार