‘नाम’ शान्त र समृद्ध विश्व निर्माणमा लाग्नुपर्छः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् ।

असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा गएराति सम्बोधन गर्दै उनले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताएका हुन् ।

मन्त्री डा खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भनेका छन्, “हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमै धेरै जटिल बन्दै गएको छ ।”

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशहरुमा खाद्य सङ्कटजस्ता विषयमा समस्याहरु देखिएका बताए ।

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरु पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरुबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको सो सम्बोधनका क्रममा उनले बताए ।

यसका साथै पछिल्लो समयमा देखापरेको कोभिड–१९ को महामारी पनि विश्वमा मानव समुदायकै लागि एक प्रमुख चुनौतीका रुपमा देखिएको उनले बताए । यसले पनि विश्वमा खोपको पहुँच पुगेका र नपुगेका देशहरुका रुपमा संसारका देशलाई दुई भागमा विभाजन गरिदिएको उनको भनाइ थियो ।

त्यसैगरी जलवायु परिवर्तन पनि मानवजातिकै एक प्रमुख चुनौतीका रुपमा देखिएको र यसले मानव जातिलाई असर पार्न थालिसकेको मन्त्री खड्काले उल्लेख गरे ।

परराष्ट्रमन्त्री खड्काले यस्तो अवस्थाको विश्वमा नामले विश्वका गरिब तथा यस्तै जोखिममा रहेका देशहरुका पक्षमा बोल्नुपर्ने बताए । उनले भने, “विश्वमा देखिएको यो जटिल परिस्थितिलाई चिर्दै नाम सम्मेलनले शान्त र समृद्ध विश्व निर्माणका लागि लाग्नुपर्ने र यसका लागि नामले संयुक्त राष्ट्रसङ्घ जस्ता बहुराष्ट्रिय संस्थाहरुको पुनर्संरचनाका लागि पनि लाग्नुपर्ने छ । ” परराष्ट्रमन्त्री खड्काले नाम सम्मेलनले यसका सदस्य राष्ट्रहरुको साझा चासोका लागि मतैक्यताका साथ लाग्नुपर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेययकका विषयमा प्रचण्ड र देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति