बैतडीमा कांग्रेसका नगरसभापति वडामै पराजित



बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् ।

विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गरेका मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत हुन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए ।

तीमध्ये महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो । यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताए ।

दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ । यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा