एमसीसीले जटिल परिस्थिति सृजनाः प्रवक्ता महरा



दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पत्रहरुसँगको भेटमा प्रवक्ता महराले   एमसिसिलाई लक्षित गर्दै अहिले मुलुकमा अर्को परिस्थित आएको बताएका हुन् ।

उनले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम भने हुन नसकेको टिप्पणी गरे । महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । उनले भने,‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ । नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाव दिनुहोस्।’

महराले राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा