राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने विधानमा व्यवस्था गरिएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । अहिलेसम्म नगर, जिल्ला र क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था भएकामा यसपटक त्यसको विकल्पमा नयाँ नियम लागू गरिएको छ ।

काठमाडौँ जिल्लाको नयाँ कार्यसमितिका लागि अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अधिवेशनमा आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचनबाट कार्यसमिति छनोट गरिने छ ।

अहिलेसम्म २२ जिल्लामा अधिवेशन सम्पन्न गरिएको छ । अधिवेशन भएका जिल्लाबाट स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्न सुझाव आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।