दार्चुला घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गरे । धामीका सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा भारतीय सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा