जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि विपक्षी गठबन्धन एक ठाउँमाः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पारे ।

बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अदालतले माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज