संसद अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौँ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजै मध्यरातदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आजका लागि अधिवेशन बोलाइएको थियो । तर प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएका छन् । प्रधानमन्त्रीका पक्षमा ९३ मत पर्यो भने विपक्षमा १२४ मत परेको थियो । संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध

स्याङ्जामा कांग्रेसका दश हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य

स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो ३

दार्चुला घटनाको सत्यतथ्य पत्तालगाउन प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको