विपक्षीसँग समर्थन गरिदिन अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा होः भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भएको आरोप लगाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत रावलले विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको आरोप लगाएका हुन् ।

रावलले लेखेका छन्, ‘प्रधानमन्त्री केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’

बुधबार प्रधानमन्त्री ओलीले कांग्रेस शीर्ष नेताहरुलाई भेटेर विश्वासको मत दिन सहयोग मागेका थिए । तर कांग्रेसले विश्वासको मत दिन नसक्ने ओलीलाई जवाफ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि