प्रदेश एकको प्रदेशसभा बैठक चैत २ सम्मका लागि स्थगित



विराटनगर । प्रदेश एकको प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारण भन्दै मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते दिउँसो एक बजेका लागि बोलाइएको थियो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी चैत २ गते मध्यान्ह १२ः३० बजे बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो । बैठकमा प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानका धारा १८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९(४) बमोजिम पेश गर्ने अनुमति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख