सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि अस्वीकार्यः अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एक सातामै सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् ।
‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले भने ।
सरकारको कदमप्रति असहमति जनाउँदै राणाले भने, ‘राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ ।’
पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ट्वीट गर्दै राणाले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ ।’