काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपाः अध्यक्ष थापा



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सकृय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा १८ हर्नामाडिमा बिहीबार आयोजित कार्यक्रममा सकृय सदस्य बन्नका निमित्त जिल्ला अध्यक्ष रामहरि न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरेका हुन् ।

राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघन रुपमा देशव्यापी सकृय सदस्यता वितरण अभियान संचालन गरेको छ ।

महाधिवेशनमा महिला, मधेसी, सिमान्तकृत, दलित, पिछडिएका सबैको सहभागिता सुनिश्चित गरेकोसमेत सो अवसरमा जनाइएको छ । कार्यक्रममा अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे ।

मुलुकको विकास र समृद्धिका निमित्त राप्रपासँग स्पष्ट खाका भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको समेत दाबी गरे । कार्यक्रममा नेता मधु अधिकारीले मकवानपुरको विकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्वपूर्ण भूमिका र योगदानको कदर गर्नुपर्ने आवश्यकता औँलयाए ।

सो अवसरमा अध्यक्ष थापासँगै सकृय सदस्यताको लागि नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, प्रलिता थापा, नवराज बिष्ट, रामहरि न्यौपाने, शिव रिजाल, गुरु सापकोटा लगयतले सकृय सदस्यता फारम बुझाएका थिए ।

देशभर ३ लाख सकृय सदस्य बनाउने लक्ष्यका साथ अभियान शुरु गरिएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपाको महाधिवेशन आगामी बैशाखमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा