संसद विघटनको विरोधमा महिला संगठनहरुद्वारा आन्दोलन घोषणा



काठमाडौं । विभिन्न राजनीतिक दल आवद्ध चार महिला संगठनहरुले संसद विघटनको विरोधमा आन्दोलन घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सरकारले गैरसंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसकाबिरुद्ध आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरुले देशव्यापी जनप्रदर्शन गर्ने, बार एशोसियसनका पदाधिकारीहरुसंग अन्तरक्रिया गर्ने, संविधानविद्हरुसँग छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

त्यस्तै संसद आह्वान गर्न संघीय संसद प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण बुझाइने समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् । उनले संसद विघटन गर्ने कमद असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र निरंकुश भएको भन्दै विरोधका कार्यक्रममा सहभागी हुन अपिल पनि गरेकी छन् ।

पत्रकार सम्मेलनमा अखिल नेपाल महिला संघ(अनेम)की संयोजक अमृता थापाले प्रधानमन्त्रीलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु संविधानमाथिको कु भएको भन्दै यसका बिरुद्ध एक हुनुपर्ने बताइन् ।

कोरोनाले मुलुक आर्थिक संकटबाट गुज्रिरहेका बेला संसद विघटनले आधा समय अगावै गर्नुपर्ने चुनावको खर्चले देशको आर्थिक अवस्था थप धरासायी हुने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा