ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु



काठमाडौै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपले विभाजनको बाटोमा लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग अलग केन्द्रीय कमिटी बैठक डाकेका छन् ।

ओली पक्षको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आरम्भ भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । दुबै पक्षले आफूले बोलाएको केन्द्रीय कमिटी बैठक नैं आधिकारिक भएको दाबी गरेका छन् ।

आजको बैठकबाट एक अर्कालाई अनुसाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ । सोमबार संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका वामदेव गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गरेका छन् ।

बालुवाटारमा सोमबार प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी नभएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पनि हतारमा कुनैपनि निर्णय नलिने बताएका छन् । प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा