लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण राजीनामाः भट्टराई



काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद विघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयलमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले देशका संवैधानिक अंगहरु स्वतन्त्र भए संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका हुन् । उनले लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण राजीनामा दिएको बताए ।

उनले संसद विघटको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरेपनि सफल नभएको बताए । उनले निर्णयकर्ताहरुले यस बिषयमा ठण्डा दिमाखले सोच्नुपर्ने तर्क गरे । कार्यक्रममा भट्टराईले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।

आफू मन्त्रालयमा नभएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि सदैव आफ्नो साथ रहने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा भट्टराईलाई मन्त्रालयका सचिव यादव कोइराला लगायतका कर्मचारहरुले विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा