पार्टीभित्रको विवाद समाधान भई पार्टी एकताबद्ध ढंगले अघि बढ्छः नेता पाण्डे



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा पाण्डेले नेताहरुबीच सघन छलफल तथा वार्ता भैरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

पार्टी चाहिँ विभाजन नहुने भन्दै उनले विधि र पद्धति कायम गर्दै अग्रगमन कायम गर्दै अघि बढ्ने कुरा मुख्य कुरा भएको बताए । पाण्डेले संविधान कार्यान्वयन भैसकेको अवस्था सुनाउँदै अब मुलुकलाई एउटा नयाँ दिशामा लैजानुपर्ने बताए । स्थायित्व दिँदै मुलुकको समृद्धिमा लाग्नुपर्ने आमजनताको चाहना रहेको उल्लेख गर्दै पाण्डेले सरकारले जनताको अपेक्षा पुरा गर्ने धारणा राखे ।

त्यस्तै उनले सानो/सानो समूह र झुण्डहरु गणतन्त्रको विरुद्धमा नारा लगाएको भएपनि राजतन्त्र यो देशमा नफर्किने जिकिर गरे । साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संविधान र लोकतान्त्रिक पद्धतिको खिलाफमा भएकोले त्यो फिर्ता र निस्क्रिय हुनुपर्ने बताए ।

अध्यादेश संविधानको मर्म र भावनाको खिलाफमा रहेको भन्दै उनले कांग्रेस यसको पक्षमा नरहेको स्पष्ट पारे । नेता लेखकले मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ सिफारिश हुँदापनि मन्त्रीहरुलाई थाहा नहुनुले यो अपारदर्शी भएको भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने एमालेको संकेत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो ।

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको