पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको छः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाले असर पारेको पर्यटन क्षेत्रलाई उकास्न सरकार लागिपरेको बताएका छन् । कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरका बिषयमा बुधबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोरोनाले पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा यसलाई उकास्न सरकार लागिपरेको बताए ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडानलाई सूचारु गरेपछि पर्यटकहरु नेपाल आउने क्रम बढेको भन्दै यो सकारात्मक संकेत भएको उल्लेख गरे ।
उनले नेपालमा आन्तरिक उडानसंगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएकाले कोरोनाको मारमा परेका व्यवसायीलाई राहत मिलेको तर्क गरे ।

अहिलेको अवस्थामा लगभग सबै प्रकारका पर्यटकिय क्रियाकलापहरु खुल्ला गरिएको भन्दै मन्त्री भट्टराईले बाँकी रहेका पर्यटकीय सेवाहरुपनि क्रमशः खुल्ला गर्दै लैजाने सरकारको योजना रहेको जानकारी दिए ।

अब सरकारले पर्यटन क्षेत्रको नयाँ रणनीति ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । भट्टराईले देशको विकासका लागि पर्यटन क्षेत्र निकै महत्वपूर्ण भएकाले सरकारी र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पर्यटन क्षेत्रका आवद्ध व्यक्तिहरुले कोरोनाले पारेको असरमा सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका