शंखधर उद्यानमा पद्यरत्न र शंखधर साख्वाको शालिक स्थापना



काठमाडौं । काठमाडौंको शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानवअधिकारवादी, भाषा तथा जातीय समानताको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका पद्मरत्न तुलाधरको शालिक स्थापना गरिएको छ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको शंखधर उद्यानमा निर्माण भएको शालिकको शनिबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अनावरण गरे ।

अनावरणपछि मन्त्री श्रेष्ठलगायतले शालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिको रत्नपार्क अर्थात् हालको शंखधर उद्यानमा महानगरपालिकाले शालिक निर्माण गर्नु सकारात्मक बिषय भएको बताए ।

मन्त्री श्रेष्ठले अब काठमाडौं शहरलाई व्यवस्थित पारिने आश्वासन दिए । काठमाडौंका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कामको सुरुवात गरिएको र त्यसको निरन्तर अनुगमन गरिने उनले बताए । उनले सरकारले धेरै नै राम्रा काम गरेको भन्दै सरकारले राम्रा कामको प्रसंसा गर्नुपर्ने बताए ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राज्यस्तरबाट शालिक निर्माण गर्ने क्रम सुरु भएको तर्क गरे । कोरोनाका बेला पनि महानगरले जनताकेन्द्रित कार्य गरेको उनले बताए । उनले काठमाडौं महानगरको स्वरुप विस्तारै परितर्वन हुदै गएको दावी गरे । करिब २० लाख रुपैयाँको लागतमा महेश तुलाधरले उक्त शालिक निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय