मुलुकभरका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न कानून निर्माण गरिने



काठमाडौं । मुलुकभरका जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्नका लागि आवश्यक कानून निर्माण हुने भएको छ । सभामुख अग्नी सापकोटा, अर्थमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ लगायतको संयुक्त छलफलले छिटो भन्दा छिटो जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्नका लागि आवश्यक कानून बनाउने निष्कर्ष निकालेको हो ।

छलफलमा गृहमन्त्री थापाले संसदको आगामी बैठकममा नै आवश्यक कानून निर्माणका लागि बिधेयक लैजाने बताएका थिए । जोखिमयुक्त बस्तीलाई अन्य स्थानमा सार्नका लागि जग्गा सट्टापट्टा तथा जोखिमयुक्त बस्तीलाई वन क्षेत्रमा रुपान्तरण गर्न कानून अभाव रहेका कारण कानून नै बनाएर देशभरका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरिने छलफलमा सहभागी सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

त्यस्तै सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुलाई छिटो भन्दा छिटो अल्पकालिन रुपमा अन्यत्र सारिने र कानून निर्माण भएपछि त्यसलाई दिर्घकालिन रुप दिइने सांसद तामाङले बताए ।

हालै पहिरो गएको सिन्धुपाल्चोकको लिदिमा रहेको बस्तीलाई भूकम्पपछि जुगल १ सिलाङ बासखर्क भन्ने स्थानमा सार्न खोजिएपनि सो स्थानमा कृषिको व्यवस्था नभएका कारण पूर्ण रुपमा स्थानान्तरण हुन नसकेको र अहिले क्षती व्होर्नुपरेको सांसद तामाङले जानकारी दिए ।

बस्ती सार्दा न्युनतम पूर्वाधारलाई पनि मध्यनजर गर्दै स्थानान्तरण गरिने उनले बताए । जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्ने बिषयमा सभामुख सापकोटाले अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, पूननिर्माण प्राधिकरणका सिइओ, बिपत व्यवस्थापन समितिका प्रतिनिधी तथा सांसदहरुसंग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको

सुदूरपश्चिममा नयाँ ट्वीष्ट, एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नेता

भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छः महामन्त्री थापा

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका