नेकपाको स्थायी कमिटी बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । आजदेखि बैठकमा बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य यसअघि नै राखिसकेका छन् ।
कोरोना नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयलाई एजेन्डाका रुपमा राखिएको छ । पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा राखिएको छ । नेकपाको स्थायी कमिटीमा आमन्त्रितसहित ५१ सदस्य छन् ।