निजी क्षेत्रलाई त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीनः राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमबन्धि विधेयकमा गरिएको व्यवस्था विवेकहीन र गलत रहेको बताएको छ । राप्रपाका अध्यक्षत्रयले बिहीबार विज्ञप्ति जारी गरी विधेयकमा गरिएको व्यवस्थाले अहिलेको संकटको बेला निजी क्षेत्रलाई त्रासको वातावारण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत रहेको बताएका छन् । राप्रपाले यो प्रावधान अगाडी नबढाउन आग्रह गरेको छ ।
त्यस्तै राप्रपाले अहिले खेतीको बेला पर्याप्त मल उपलब्ध नभएको भन्दै सरकारसँग किसानहरुलाई तुरुन्त मल उपलब्ध गराउन समेत माग गरेको छ ।

विज्ञप्ति 

१. आज देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको छ । यस्तो अवस्थामा देशको नीजि क्षेत्रको मनोवल बढाई साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनु पर्ने हो । तर यस्को ठिक विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले नीजि क्षेत्र माथि कारवाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ । देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा नीजि क्षेत्र माथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि वढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।

२. यस बर्ष नेपालमा कृषिको लागि पर्याप्त बर्षा हुने अनुमान छ । अतः यो स्थितिको फाइदा उठाउन समयमै मल किसानले पाउनु पर्दछ । तर देशमा मलको हाहाकार छ र उत्पादन बृद्धि गर्ने मौकाबाट किसानहरु बञ्चित हुँदैछन् । नेपाल सरकारले मल पुर्याउन सकेको छैन । यो स्थितिमा अविलम्ब सुधार गरियोस् र किसानहरुलाई मलको व्यवस्था गरियोस भनि राप्रपा जोडदार माग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना