राप्रविसं(संयुक्त)सँग एकता गर्न राप्रविसंद्वारा वरिष्ठ उपाध्यक्ष भण्डारीको नेतृत्वमा वार्ता समिति गठन



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रविसं(संयुक्त)सँग एकीकरण गर्न वरिष्ठ उपाध्यक्ष शशिकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय वार्ता समिति गठन गरेको छ। संगठनका अध्यक्ष महेश बहादुर सिंहको सभापतित्वमा राप्रविसंको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ्ग, प्रवक्ता छत्र खडायत, केन्द्रीय सदस्यहरु मंगा तामाङ्ग र राजु गैरे सदस्य रहेको समिति निर्माण गरिएको हो। राप्रपा र राप्रपा(संयुक्त)को गतवर्ष फागुनमा भएको एकता पछि दुबै पार्टीका जनवर्गिय संगठनहरु बिच एकताको पहल भैरहेको छ।

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको भर्खरै निर्माण भएको केन्द्रीय समितिमा विद्यार्थी प्रतिनिधित्व नभए पछि राप्रपाको केन्द्रीय कमिटीमा राप्रविसंको प्रतिनिधित्व हुने गरि विद्यार्थी संगठनमा लामो समय योगदान गरेकालाई राप्रपा केन्द्रीय कमिटीमा राख्नका लागि पार्टीलाई सिफारिस गर्ने निर्णय भएको राप्रविसं केन्द्रीय सदस्य त्रिविक्रम सिंहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार