अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले ल्याएको बजेटले प्रभावित क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए ।

छलफलमा भाग लिँदै काँग्रेसका जीतेन्द्रनारायण देवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक सङ्कटको वर्तमान समयमा पनि कर्मचारी बैठक भत्ता शीर्षकमा २१ लाख विनियोजन गरेकामा आलोचना गरे । बैठकमा उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथि उनले खर्च कटौतीको प्रस्ताव राखे । त्यस्तै काँग्रेसकै सांसद प्रकाश पन्थले कोरोनाले विद्यालय शिक्षा अन्यौलग्रस्त भएको तथा प्राविधिक शिक्षासमेत प्रभावित भएको उल्लेख गरे ।

विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा वेदूराम भुसालले कोभिड –१९ को महामारीको समयमा आएको मुलुकको बजेट समग्रमा सन्तुलित र मार्गनिर्देश दिने खालका विषय परे पनि संस्कृति रुपान्तरण गर्ने कार्यक्रम नरहेको बताए ।

उनले मन्दिरको मर्मत, सम्भार र संरचना निर्माणमा बजेट केन्द्रित भएको भन्दै आलोचना गरे । केही सांसद्ले सरकारको बजेट दलित, महिला, मेधशीलगायत उत्पीडित र दुर्गम क्षेत्रका समुदायलक्षित हुन नसकेको बताए ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयमाथि बिनियोजित बजेटमाथि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको

सुहाङलाई जिताउन मतदातालाई ओलीको अपील

  इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २