‘प्रधानमन्त्रीज्यू, कम्तीमा ओम्नी घोटालामा संलग्नलाई कारबाही गर्नुस्’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर राणाले कोरोना संक्रमणका नाममा दश अर्ब खर्च गरेको हिसाव खोज्नुपर्ने बताएका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष राणाले क्वारेन्टाइन अस्तव्यस्त, खान नपाएर जनताको बेहाल भएको अवस्थामा कसरी दश अर्ब खर्च भएको भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘सरकारले कोभिड–१९ विरुद्ध १० अर्ब खर्च गरेको हो भने क्वारेन्टीन किन अस्तव्यस्त ? नगरपालिका, गाउँपालिकालाई खर्च धान्न किन धौधौ ? विदेशबाट फर्कनेहरू बिना परीक्षण किन घर पुगीरहेका छन् ? खान नपाएर जनता किन बेहाल छन् ? हेलो सरकार, त्यसैले १० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं।’

त्यस्तै राणाले भनेका छन्, ‘सरकारको नीतिले संक्रमण बढेन, मन्त्री, प्रम, राष्ट्रपतिले यही रट लगाए। समय छँदा यस्तै आत्मप्रशंसामा रमाए । हाल संक्रमण ठाडो उकालो गतिमा छ। जनता बन्दाबन्दी तोड्दै छन्। चुनौतिको पहाड छ। कम्तिमा ओम्नी घोटालामा कारवाही गरे हुने। तर राज के हो प्रधानमन्त्रीज्यू, सरकार पूर्ण अल्मलिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा