मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तनको निर्णय हुनसक्ने



काठमाडौं । लकडाउनका कारण आजित भएर त्यसको उल्लंघन गर्ने क्रम बढेपछि त्यसबारेमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बैठक बोलाइएको छ । बैठकले लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका थिए । विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउन तत्काल खुकुलो पार्न र कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए । यता व्यवसायीले सरकारले लकडाउन मात्रै गरेको भन्दै उल्लंघन गरी व्यापार व्यवसाय संचालन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन