एमसीसी खारेज गर्न दश राजनीतिक दलको माग
काठमाडौं । साना दश राजनीतिक दलले एमसीसी खारेज गर्न माग गरेका छन् । सोमबार नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले लगायतका दश राजनीतिक दलले एमसीसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितविरुद्ध भएको ठहर गर्दै खारेज गर्न माग गरेका हुन् ।