बर्तमान स्थिति र प्रधानमन्त्रीको ‘उदाशीन’ कार्यशैलीप्रति देउवाको चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रबीच टेलिफोन वार्ता भएको छ । कोरोना महामारी र आगामी दिनका बारेमा चाल्नुपर्ने कदमका विषयमा दुई कुरा गर्न मिश्रले सभापति देउवालाई टेलिफोन गरेका हुन् ।
त्यसक्रममा कोरोना रोकथामका लागि उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’को प्रस्तावमा जोड दिन र प्रमुख प्रतिपक्षी दलका नेताको रूपमा अग्रसरता लिन आफूले देउवालाई आग्रह गरेको मिश्रले जानकारी दिएका छन् । देउवाले बर्तमान स्थिति र प्रधानमन्त्रीको ‘उदाशीन’ कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको र संकटको सामान गर्न सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभएको मिश्रमले जानकारी दिए ।
अभूतपूर्व संकटको सामना गर्न साझा पार्टीले बारम्बार ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’ निर्माण गरी सबै मिलेर संकटको सामना गर्न सरकारलाई सुझाउँदै आएको छ । तर सरकारले त्यसकाबारेमा बेवास्ता गर्दै आएको छ । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा जनतालाई जीवन वा वैयक्तिक स्वतन्त्रता रोज्न भन्दै चेतावनी दिएका थिए ।