कोरोना उपचार कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने पूर्वमन्त्री सुब्बाको घोषणा



इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोप विरुद्धको राहत कोषमा दुई लाख रूपैयाँ सहयोग घोषणा गरेका छन् ।

पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि जानकारी गराएका छन् । यस क्रममा स्थानीय सरकारसँग सहकार्य गर्ने बताइएको छ ।

इटहरी नगरबासी द्वारिकालाल चौधरीले जनाएअनुसार, राप्रपा नेता सुब्बाले एकान्तबासमा बसेका जनसाधारणलाई खाना खुवाउने प्रबन्धसमेत मिलाउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय