सरकारकै बेवास्ताका कारण कोरोना फैलिएको विप्लवको आरोप



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार विज्ञप्ती जारी गरी विप्लवले स्वास्थ्य परीक्षणलाई गाउँगाउँमा पुर्याएर महामारी नियन्त्रणको पहल गर्न आग्रह गरेका हुन् ।

उनले सरकारले यसको रोकथामका लागि सुरुमै सीमा बन्द गर्नुपर्नेमा त्यसो नगरेका कारण अहिले स्थिति भयावह भएको आरोपसमेत लगाएका छन् ।

उनले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखी खानपानको व्यवस्था गर्न, लकडाउनका कारण समस्यामा परेका मजदूर वर्गको खानपानको व्यवस्था गर्नसमेत माग गरेका छन् । त्यस्तै उनले कोरोना महामारी रोक्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने तर स्वास्थ्य सामग्री खरिदमा अनियमितताविरुद्ध भने भण्डाफोर गर्ने उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री