बागमती सरकारले कोरोना नियन्त्रण कोषमा छुटयायो ५० करोड रुपैयाँ



हेटौडा । बागमती प्रदेश मन्त्रिपरिषदको सोमबार हेटौडामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैया थप्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलका अनुसार १० करोड रुपैयाको कोषलाई अव ५० करोड पुरयाइएको छ ।

प्रदेशका प्रत्यक्ष निर्वाचन तर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यकोको संयोजकत्वमा समानुपातिक सदस्य,स्थानीय तहका जनप्रतिनिधि,राजनीति दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको आइतवार बसेको बैठकले कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरी महानगरपालिकालाई २० लाख रुपैया, उपमहानगरपालिकालाई १५ लाख रुपैया, नगरपालिकालाई १२ लाख रुपैया र गाउँपालिकालाई १० लाख रुपैया सहायत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

मन्त्री जम्कट्टेलका अनुसार जिल्ला विपद व्यवस्थापन समितिलाई पाँच लाख रुपैया पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार,आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन् ।
बामगमती प्रदेशले कोभिड १९ को पहिचान रोकथाम,परिक्षण तथा उपचारका लागि १३ वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशमा काठमाडौ बाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएका छन् ।

रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार रहको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ती जिल्लामा ८१ व्टा अस्पताल रहेका छन् । ती १२ वटा जिल्लाले आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पिपिइ, सरसफाइ र डिस्इन्फेक्सन सम्बन्धी सामान प्रदेश र संघबाट अपेक्षा गरेका छन् ।

हालसम्म १६८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धादिङमा २८ जना, काभ्रेमा १० जना, चितवनमा १०८ जना र ललितपुरमा १८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको छ । ती मध्ये ३४ जना शंकास्पद बिरामीको आइतवार व्यवस्थापन गरिएको थियो । काभ्रेमा १४ जना र ललितपुरमा ६ जना कोभिड १९ का शंकास्पद बिरामी रहेका छन् । नुवाकोटमा ५०, सिन्धुलीमा १०५, सिन्धुपाल्चोकमा १२, ललितपुरमा ५५ गरी २२२ वटा परसनल प्रोटेक्टिभ इक्वीप्मेन्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशसभाको बैकठ अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने लगायतका बुँदा समेटिएको नेकपा एमाले

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सांसद खानद्वारा पद तथा गोपनीयताको शपथ

  काठमाडौँ ।  सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना