राष्ट्रियता र धर्म संस्कृतिको रक्षाको लागि संसारभर रहेका नेपालीले खवरदारी गर्नुपर्छः नेता खड्का



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काले मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहेको वताएका छन् ।

प्रवास विभागले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा खड्काले मुलुकको राष्ट्रियता,धर्म ,संस्कृतिमा आक्रमण भईरहेको वर्तमान अवस्थामा राष्ट्रियता,धर्म संस्कृतिको रक्षाको लागि संसारभर रहेका नेपालीले खवरदारी गर्नुपर्ने वताए ।

कार्यक्रममा राप्रपा ट्रेड युनियनका अध्यक्ष हिक्मतजंग भण्डारीले प्रवासमा रहेका नेपाली समुदायसँग नेपालका हरेक श्रमजीवी वर्ग जोडिन चाहेको वताए । कार्यक्रममा प्रवास युरोप महासचिव विक्रम वाँनिया, वेल्जियमका उपाध्यक्ष महेन्द्र पन्त, राप्रपा युवा नेतृ मिसेस व्युटि क्विन उपाधी प्राप्त सन्तोषी शाहीलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राप्रपाको जेठ २५ मा हुन गईरहेको महाधिवेशनका लागि प्रवासमा सकृय सदस्यता अभियान चलाउने, प्रवासमा भएका गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने, प्रवास आकस्मिक कोष खडा गर्ने लगायतका निर्णय गरिएको थियो ।

विभागका कोषाध्यक्ष श्रेया केसी ,विशेष आमन्त्रित धिरजकुमार शाही उपस्थिति रहेको कार्यक्रममा विभागका सदस्य तथा पार्टीका युवा नेता हिक्मतजंग कार्कीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका