अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएकोमा नेकपा मसालको आपत्ति



नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

ने.क.पा. (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने नेकपाको प्रस्तावलाई गलत मानेको छ र त्यसको विरोध गर्ने निर्णय गरेको छ । उनीमाथि ज्यानसम्बन्धी मुद्दाको आरोप छ । सत्ताको दवावका कारणले नै उनीमाथिको त्यो आरोपको उजुरी समेतलाई प्रहरीले दर्ता गरेको छैन । त्यो गम्भीर प्रकारको कानुन उल्लङ्घन हो ।

उक्त विषयमा सर्वोच्च अदालतले समेत त्यससम्बन्धी उजुरीलाई दर्ता गरेर मुद्दा चलाउन आदेश दिएको छ । तर सर्वोच्चको त्यो आदेशको पनि पालन भएको छैन । त्यसरी सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सरेर त्यससम्बन्धी न्यायोचित कारवाहीलाई पनि अवरुद्ध गर्ने काम गरिएको छ । त्यसप्रकारको पृष्ठभूमिमा अग्नीप्रसाद सापकोटालाई सभामुखको पदमा निर्वाचित गर्ने कार्य गम्भीर प्रकारले गलत छ र हाम्रो पार्टीले त्यसको विरोध गर्दछ ।
२०७६ माघ ११ गते

मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार