राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक माघ १७ गते काठमाडौँमा बस्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ जानकारी दिए ।

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछन् भने बैठकमा सहभागी नेताले राजनीतिक प्रतिवेदन टिप्पणी, सुझाव परिमार्जन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा