अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुद्वारा सपथ ग्रहण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए ।

त्यस्तै उनले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको आरोप लगाए। उनले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको बिकल्प नभएको बताए ।

त्यस्तै अनेरास्ववियूले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ । जसमा पूर्वएमाले निकट अनेरास्ववियूबाट २४ र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा