कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नहुने भएपछि समेबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक पुस २ गतेका लागि बोलाइएको छ । पौडेल समूहले आज पनि बैठक बहिष्कार गर्ने भएपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको बताइएको छ । कांग्रेस संस्थापन पक्षले असन्तुष्ट समूहसँग थप छलफल गरेर गत बिहीबार बैठकमा पेस भएका एजेण्डाहरु सहमति मै पारित गर्नका लागि दुई दिन बैठक स्थगित गरिएको दाबी गरेको छ ।

सभापति देउवा १४ औं महाधिवेशनको कार्यतालिकाको विषय एजेण्डाका रुपमा ल्याउन अनिच्छुक देखिएपछि गत बिहीबारबाट वरिष्ठ नेता पौडेल समूह बैठक बहिष्कार गर्दै आएको थियो । वरिष्ठ नेता पौडेलले यसअघि पनि बिहीबार र आइतबार पनि बैठक बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार